साहित्य

लकडाउन हर कोहीको लागि अलग सिद्ध

लकडाउन हर कोहीको लागि अलग सिद्ध

Raj Kumar Neupane

@Mayur Times

२०७७ भदौ ३१ गते बुधबार ११:११

अलगअलग मगज । अलगअलग सोचाइ । अलगअलग दृष्टिकोण । तर एउटै सृष्टि ! चर्चा भयो । सल्लाह भयो । बहस भयो । आरोप भयो प्रत्यारोप पनि भए । कोरोना तर कतिन्जेल ? बाँच्न चाहनु त आखिर हर प्राणीको नैसर्गिक अधिकार हो, सत्य हो । मानव किन चुक्थ्यो र ? बाँच्नको लागि एउटै उपाय थियो, जो जहाँ छ त्यही बस । जो धनी छ धनी बस । जो गरिव छ गरिवै भएर बस । जोसँग धेरै छ धेरै खाउ । जो सँग छैन हुन्जेल खाउ । यति थियो लकडाउन ।

सृष्टिकै सर्वश्रेष्ठ प्राणी मानव विकास विज्ञान र प्रविधिमा एक सफलता हाँसिल गर्दै थियो । उसले गरेका हरेक बौद्धिक क्रियाकलाप भने प्रकृतिका लागि अभिसाप बन्दै गयो । मान्छेहरुले ब्रह्माण्डमा गर्न बाँकी केही पनि थिएन । मानव अस्तित्वले गरेको प्रकृति अस्तित्वको व्यवस्था विरोधी कामको सीमा नाध्दै थियो ।

भनिन्छ आँखाले देखेका कुरामा मात्रै विश्वास गर्नुपर्छ । तर समय यस्तो आइदियो । आँखाले नदेखेका कुराको विश्वास नगर्ने मानवका निमित्त अदृश्य भएर आयो । एउटा जिवित प्राणी । वैज्ञानिकहरुले यसलाइ कोरोना भाइरसको नाम दिए । धार्मिक मान्छेले कलियुगको अन्तिम महाप्रलय मानेर रामराम गाउन थाले । स्वास्थ्य सङ्गठनहरुले माहामारीको नाम दिए । फरकफरक मान्छेबाट फरक फरक किसिमको नाम पायो । कसैले यसलाई प्राकृतिक मान्न थाले । कोही शक्तिशाली राष्ट्रले अर्थतन्त्र क्रान्तिको लागि निर्मित गरेको हतियार समेत भन्न भ्याए ।

मान्छेको दिमागले जति विश्लेषण गर्न सक्यो उति गरे । अलगअलग मगज । अलगअलग सोचाइ । अलगअलग दृष्टिकोण । तर एउटै सृष्टि ! चर्चा भयो । सल्लाह भयो । बहस भयो । आरोप भयो प्रत्यारोप पनि भए । कोरोना तर कतिन्जेल ? बाँच्न चाहनु त आखिर हर प्राणीको नैसर्गिक अधिकार हो, सत्य हो । मानव किन चुक्थ्यो र ? बाँच्नको लागि एउटै उपाय थियो, जो जहाँ छ त्यही बस । जो धनी छ धनी बस । जो गरिव छ गरिवै भएर बस । जोसँग धेरै छ धेरै खाउ । जो सँग छैन हुन्जेल खाउ । यति थियो लकडाउन ।

एउटा अदृश्य भाइरसले संसारलाई जहाँको त्यही रोकिदियो । प्रविधि विकास र क्रियाकलाप रोकिदियो । सृष्टिमा पहिलो पटक प्रकृति माथि ठूलो न्याय भयो । ती व्यवस्था विरोधी सत्यमाथि दाँत देखाएर गिज्याउने मौका प्रकृतिले पाइन । एक मिनेट पनि सफा श्वास लिन नपाएकी प्रकृति नाचेको देख्न सकिन्छ । विश्वका ठुलाठुला सहरमा चराचुरुङीको आवाज गुन्जिन थाले । कलकारखानाको धुँवाधुलो र रसायनले भरिएको आकाश सफा देखिन थाल्यो । साँच्चै भन्ने हो भने यो समय प्रकृतिको लागि महान मेला बन्न पुग्यो । स्कुल पढ्ने विद्यार्थीहरुका लागि नयाँ चाड बन्यो । लकडाउन । स्वास्थ्य माफियाको लागि अवसर बन्न पुग्यो ।

कुशल स्वास्थ्यकर्मीलाई कुरुक्षेत्रजस्तो युद्धभुमि बन्न पुग्यो लकडाउन । महानहरू लागि महानताको परिभाषा बन्न पुग्यो । लालचीहरुको लागि लालचको बजार बन्यो । मुर्ख मान्छेहरुले बिच सडकमा माक्स नलगाइ बहादुरीपन देखाए । बेरोजगारको लागि कचहरि मा चिया चुरोट फुक्दै गर्दा निस्कने बहस हुन पुग्यो ( मानौ उनीहरु जम्मा भएर चुनावी माहोलको चर्चा गर्दैछन) ।

लकडाउनलाई हरेक मान्छेले आफ्नो आफ्नो दृष्टिकोणबाट प्रयोग गरे । सहासीका लागि सहास बन्न पुग्यो । कमजोरका लागि आत्महत्या । लकडाउन, एउटा आधारहीन शुन्यता हैन, युद्दमा प्रयोग भएको धनुष हो । जसबाट निस्केको वाण कसैको निमित्त खडेरीमा वर्षा बन्न पुग्यो । कसैका लागि भोकको बह्मास्त्र । कसैको लागि अभिमान विरोधी वाण बन्न पुग्यो । यदि लकडाउन एउटै थियो भने हामी घर बसेर मोबाइल चलाउँदै गर्दा पनि त्यो सबै समानता देख्न सक्थ्यौँ ।

कोही इन्स्टाग्राम व्यस्त देखिन्थे । कोही फेसबुकमा खानाको फोटो टाँस्न व्यस्त देखिन्थे । कोही रत्नपार्कको बिच रोडमा बसेर केराको पातमा भात खान बाध्य थिए । आत्मसम्मान त उनीहरुको पनि थियो होला ? लक डाउनले राक्षस जस्ता मान्छेलाई चिन्ने अवसर दियो । एक छाक खान दिएजस्तो गरेर बाटोबाटोमा केमेरा तेर्साएर एक छाक भातको लाखौँ कमाउने युटुबका पत्रकार पनि देखियो । यस्ता पत्रकारहरुलाई किन अलिकति पनि मनमा चिसो पसेन ?
मानव बाँच्नको लागि बाँचोस । प्राकृतिक सम्पदा अनि सौन्दर्यताको माया गर्न सिकोस । बाँच्नु नै अपरिहार्य मेरो लागि हो भने यी पृथिवीमाथि पनि टेक्नोलोजीको नाममा बारबार भैरहेको बलात्कार रोकोस्,प्रकृतिलाई पनि बाँच्न दिवोस् । मानवका लागि कोरोना यही सिकाइको लागि सन्देश बोकेर आएको छ । पूर्वीय संस्कार नमस्कारम र सात्विक भोजन अनि सरसफाइ को झ्याली पिटेर आएको छ । मानव मगज अब तयार हुनुपर्छ धैर्य गर्नको लागि भोलि फेरि प्रकृतिले ताजा श्वास लिएर हामीलाई साथ दिनेछ । बस हामी उसको श्वासमा दुर्गन्ध मिसाएर अर्को कोरोनाको सिर्जना गर्ने छैन भन्ने प्रण गर्नै पर्छ । नत्र त छदै छ नि गीता मा लेखिएको ः
येदा येदाहि धर्मस्य, ग्लानिर्भबती भारत! अभ्युतथानमधर्मस्य तदात्मनाम सृजाम्यहम!! परित्राणाय साधुनाम बिनासाया चदुस्कृताम!!! धर्मसस्थापनार्थाय सम्भबामि युगे युगेः
-Raj Kumar Neupane

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ११:११
प्रतिक्रियाहरू