ओडिआई सिरिजको निर्णायक खेल आज, इङल्याण्ड अष्ट्रेलिया बिच प्रतिस्पर्धा

ओडिआई सिरिजको निर्णायक खेल आज, इङल्याण्ड अष्ट्रेलिया बिच प्रतिस्पर्धा

सागर नेपाल

@Mayur Times

२०७७ भदौ ३१ गते बुधबार ०४:५२

इङल्याण्ड अष्ट्रेलिया बिच भइरहेको तीन ओडिआई सिरिजको अन्तिम तथा निर्णायक ओडिआइ खेल आज हुँदै छ । खेल इङल्याण्डको म्यानचेष्टर स्थित नेपाली समय अनुसार साँझ ५ ः ४५ देखि खेल सुरु हुँदैछ । यस अघि सिरिजका दुई ओडिआइ खेल सम्पन्न भइसकेका...

इङल्याण्ड अष्ट्रेलिया बिच भइरहेको तीन ओडिआई सिरिजको अन्तिम तथा निर्णायक ओडिआइ खेल आज हुँदै छ । खेल इङल्याण्डको म्यानचेष्टर स्थित नेपाली समय अनुसार साँझ ५ ः ४५ देखि खेल सुरु हुँदैछ ।

यस अघि सिरिजका दुई ओडिआइ खेल सम्पन्न भइसकेका छन् । जसमा पहिलो ओडिआई खेलमा अष्टेलिया १९ रनले विजयी भएको थियो भने दोस्रो ओडिआई खेलमा घरेलु टोली इङल्याण्ड २४ रनले विजयी भएको थियो ।

आजको खेल जुन टिमले जित्ने छ सोही टिमले तीन ओडिआई सिरिज २–१ ले आफ्नो पक्षमा पार्ने छ । यस अघि खेलिएका तीन टीट्वान्टी सिरिज इङल्याण्ड २–१ ले आफ्नो पक्षमा पारेको थियो । अष्ट्रेलियाको नेतृत्व आरोन फिन्चले गरेका छन् भने इङल्याण्डको तर्फबाट ओएन मोर्गनले आफ्नो टिमको नेतृत्व गरेका छन् । आइसिसि वर्ल्ड ओडिआई रेङकिङ इङल्याण्ड १२४ रेटिङका साथ पहिलो स्थानमा रहेको छ भने त्यस्तै अष्टेलिया १०८ रेटिङका साथ ५ आैँ स्थानमा रहेको छ ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०४:५२
प्रतिक्रियाहरू