तबदेखि दुनियाँमा मलाई कसैको भर लाग्दैन
जब आमा भन्छिन आफ्नै छोरा सुन्दर लाग्दैन
कालो टीका लगाएकी बहिनी बलात्कारमा परिन
समाज भन्छ कालो मोसो लगाएमा नजर लाग्दैन
मूर्ख बनेर मलाई मेरो प्रेमीले जति सताए पनि
मलाई मेरो प्रेमी वाल्मीकि लाग्छ रत्नाकर लाग्दैन
थाहा छ? तिम्रा लागि दुख लुकाएर पनि मुस्कुराउछु
प्यारा म रोएको हेर्न कहिल्यै तिमिलाइ रहर लाग्दैन
प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार २२:५४