सर्वस्व गुमाएँ उनलाई प्यार गरेर
जिन्दगी सकियो कसैको इन्तजार गरेर
भीरमा फूलेका फूलहरु सहरसम्म पुग्छन्
हामी समय विताउँछौ श्रृंगार गरेर
समयभन्दा पनि अगाडि डौडिरहेछन्
कहाँ पुग्लान यी मान्छे हतार गरेर
मैले तिम्रो मण्डप सजाएर फर्केकी छु
तिमी फर्कनु मेरो चिता तयार गरेर
प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार २१:०८