सम्झनामा राष्ट्रकवि कवि घिमिरे

सम्झनामा राष्ट्रकवि कवि घिमिरे

मयूर टाइम्स

@Mayur Times

२०७७ भदौ ५ गते शुक्रबार ०५:०३

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको प्रस्तुन भन्ने ठाउँ भएको थियो । भने उनको मृत्यु भने २०७७ भदौ ३ गते भएको थियो । बाल्यकाल घिमिरेको दुई वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो । उनलाई आफ्नी आमाको...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म १९७६ साल असोज ७ गते लमजुङको प्रस्तुन भन्ने ठाउँ भएको थियो । भने उनको मृत्यु भने २०७७ भदौ ३ गते भएको थियो ।

बाल्यकाल
घिमिरेको दुई वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो । उनलाई आफ्नी आमाको अनुहार समेत याद छैन । ठुली आमा र हजुर आमाको साथमा उनी हुर्किएका थिए । उनको बाल्यकालको नाम सेतु थियो । उनलाई आफ्नी आमाको अभाव कहिल्यै पनि भएन । उनले आफू टुहुरो हुँ भन्ने धेरै पछि मात्र थाहा भएको थियो । उनको बाबुको उनलाई पण्डित बनाउने ठुलो धोको रहेको थियो ।

उनको ५–६ वर्षको उमेरमा शिक्षा आरम्भ भएको थियो । उनले खरबारीमा एक जना सानाबाबाजीसँग पहिलो शिक्षा लिनुभएको थियो । पछि उनको गोरखा आबु खोलाको एकजना सन्यासी विद्धान ज्योतिषसँग पठनपाठन भएको थियो । ज्योतिष पढाउने उद्देश्यका साथ उनका बुबाले १२–१३ वर्षको उमेरमा दुराडाडाँ पठाएका थिए । त्यहाँ उनले मोक्षश्वर घिमिरेसँग ज्योतिषसँग पढे । त्यसपछि उनी १४–१५ वर्ष हुँदा खुदावेनी भाषा पाठशालामा पढ्न आए । त्यहाँ उनलाई बद्री सुवेदीले पढाउनुहुन्थ्यो । उनको औपचारिक शिक्षा त्यहीबाट सुरु भएको थियो । रानी पोखरी स्थित संस्कृत पाठशाला हुँदै बनारसको क्विन्स कलेजबाट सर्वदर्शन विषयमा शास्त्री तहको अध्ययन गरेका थिए ।

पहिलो कविता
माधव घिमिरेको १९९२ अर्थात् १६ वर्षको उमेरदेखि उनको काव्य आरम्भ भएको थियो । १९९२ सालमा गोरखापत्रमा प्रकाशित ज्ञानपुप्प नै घिमिरेको पहिलो सिर्जना हो ।

प्रेरणा र प्रभाव
उनका बुबाले लय हालेर पढ्ने हुनाले उनलाई त्यही प्रभाव परेको थियो । घिमिरेले लेखनाथ पौड्याल नै आफ्नो कविता लेखनको प्रारम्भ मान्दछन् । समालोचक कृष्णचन्द्रसिंह प्रधानले उनको कवितामा गरेको टिप्पणीलाई उनी सही मान्दछन् । उनले लेखेका थिए, ‘घिमिरेका कविता पढ्दा गीत जस्ता लाग्छ, गीत सुन्दा कविता जस्तो लाग्छ ।

मनपर्ने ठाउँ
उनलाई सिमभज्याङबाट हेर्दा पूर्व र पश्चिम दुवैतिरका सुन्दर परिदृश्य भएकाले अत्यान्तै सुन्दर लाग्छ । उनलाई बन्दीपुर, पाल्पा, नगरकोट अत्यन्तै सुन्दर लाग्ने ठाउँ हो ।

माधव घिमिरेद्वारा लेखिएका कृतिहरू

नव मञ्जरी
गौरी (शोककाव्य)
मालती मङ्गले (गीतिनाटक)
हिमालपारि हिमालवारि (गीतिनाटक)
राजेश्वरी
इन्द्रकुमारी
राष्ट्रनिर्माता
किन्नर-किन्नरी (गीतसङ्ग्रह)
चारु चर्चा (निबन्ध)
आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध)

सम्मान तथा पुरस्कार

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो। उहाँलाई वि.स.२०७५ मा महा उज्ज्वल पदकबाट सम्मानित गरिएको छ।

वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि का लागि साझा पुरस्कार प्राप्त
वि.सं.२०५८ सालमा चारु चर्चा(निबन्ध) का लागि साझा पुरस्कार प्राप्त

प्रकाशित मिति ५ भाद्र २०७७, शुक्रबार ०५:०३
प्रतिक्रियाहरू